अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि कोशी प्रदेशका ३० वटा पालिकामा प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय सहकार्यमा अपाङ्गता शिबिर हुने भएको छ । मंशिर २ गतेबाट पुस दोस्रो हप्तासम्म संचालन हुने सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । झापा, ताप्लेजुङ र तेह्रथुमका स्थानीय…