यार्सागुम्बाको फाईदाहरु


नेपालको हिमाली भेगमा ज्यानको बाजी लगाएर यार्सागुम्बा टिप्न जानेको लर्को लागेको त हामीले सुनेकै, देखेकै छौं । यार्सागुम्बा नेपालबाट लाखौंको भाउमा विदेशी मुलुकमा बिक्री गरिन्छ ।

यसबाट बुझ्न सकिन्छ, यार्सागुम्बा बहुमूल्य छ । यो स्वास्थ्यबर्द्धक, शक्तिबर्द्धक र रोगप्रतिरोधी क्षमताले भरिपूर्ण हुन्छ । शरीरमा लाग्नसक्ने कैयौं रोगलाई यार्सागुम्बाको सही प्रयोगले निको पार्न सकिन्छ । यो आयुर्वेदमा मात्र नभई एलोप्याथिक औषधिमा पनि प्रयोग भएको पाइन्छ ।

यार्सागुम्बा वनस्पति हो कि कीरा ?

यार्सागुम्बा झुसिलकीरा र ढुसीको संयोजनबाट बनेको हुन्छ । गर्मीयाममा झार जस्तै हुन्छ, हिउँदमा कीराको रूपमा रहन्छ । झुसिलकीरामा च्याउ प्रजातिको ढुसी आएको हुन्छ । यही ढुस�