थुलुङ दुधकोशी गाउँपालिका–७ मुक्लीस्थित थुलुङ दुधकोशी अस्पतालले शुक्रबार तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कर्मचारी र बिरामीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नर्सिङतर्फ सिर्जना राई र समिना गुरुङ, प्याथोलोजीतर्फ विशाल भण्डारी र कार्यालय सहयोगी सन्जु विश्वकर्मालाई उत्कृष्ट कर्मचारीका रूपमा नगद पाँच…