सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-मुक्लिमा मंसिर ५ गतेदेखि तीन दिने भव्य महोत्सवको तयारी भएको छ । गाउँपालिकाको आयोजनामा हुन लागेको सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको विशेष साँस्कृतिक साँझमा ख्यातिप्राप्त गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड, 'इन्द्रेणी' कार्यक्रमका लोकप्रिय सञ्चालक तथा लोकगायक कृष्ण कँडेल र विश्व किर्तिमानी गायिका बबिना किराँतीको दमदार प्रस्तुति रहने भएको छ ।…