गृहमन्त्री सुदन गुरुङ शुक्रबार साँझ विराटनगर पुगेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएको नोटबारे भइरहेको अनुसन्धानका विषयमा प्रश्न गरे पनि उनले स्पष्ट जवाफ दिएनन् ।
विमानस्थलमा सञ्चारकर्मीले छानबिनको प्रगतिबारे प्रश्न गर्दा गुरुङले ‘छानबिनका विषयमा पनि तपाईंलाई भन्ने हो?’ भन्दै प्रतिप्रश्न गरेका थिए । त्यसपछि उनी सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई विमानस्थलबाट बाहिरिएका थिए ।
गृहमन्त्री गुरुङ विराटनगर आउने जानकारी पाएपछि गुरुङ समुदायका प्रतिनिधिहरू उनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट उनी मोरङका प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने गाडीमा बाहिरिएका थिए । उनी कुन कार्यक्रमका लागि विराटनगर पुगेका हुन् भन्नेबारे भने खुलाइएको छैन ।
प्रहरी स्रोतका अनुसार गृहमन्त्री गुरुङ शुक्रबार राति रानीस्थित प्रदेश प्रहरी कार्यालयमा बसेका छन् ।

प्रतिक्रिया