बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु


बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

बुंगल नगरपालिका–१० स्थित टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटनामा परेको हो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार मृत्यु हुनेमा बुंगल नगरपालिका–१० की अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेका छन् ।

दुर्घटनामा अटोमा सवार एक बालक बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।