ललितपुरको यूएन पार्कअगाडि रहेको एक भवनमा आगलागी भएको छ। ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेतर्फ रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालनमा थियो।
आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगेका छन्। अहिले आगो केही नियन्त्रणमा आएको छ।
आगलागीको कारण खुल्न सकेको छैन भने घटनाबाट भएको क्षतिको विवरण पनि प्राप्त भएको छैन।

प्रतिक्रिया