शीर्ष स्थान जोगाउने दाउमा लुम्बिनी, काठमान्डुलाई शीर्ष तीनमा उक्लिने मौका


नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शनिबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो अग्रता कायम राख्ने लक्ष्यसहित मैदान उत्रिँदा चौथो स्थानको काठमान्डु जित निकाल्दै अंकतालिकामा सुधार गर्ने योजनामा हुनेछ ।

चार खेल खेलेको लुम्बिनीले तीन खेलमा जित र एक खेलमा अंक बाँडेको छ । पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ भने पाँच अंकसहित चितवन राइनोज तेस्रो स्थानमा छ ।

तीन खेल खेलेको काठमान्डुले दुईमा जित र एउटामा हार बेहोरेको छ । चार अंकसहित चौथो स्थानमा रहेको काठमान्डुले आजको खेल जिते शीर्ष तीनमा उक्लिने अवसर पाउनेछ ।

अंकतालिकामा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान चार अंकसहित क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन् । चारवटै खेलमा पराजित पोखरा एभेन्जर्स भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।