अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज नेपाली ढाकाटोपीमा सजिएर सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समुदायसँग तिहार मनाउन पाउनु खुसीको कुरा भएको बताएका छन् ।
नेपाली समुदायको उपस्थितिमा आयोजित कार्यक्रममा ढाकाटोपी लगाएर पुगेका प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियाको विविधतामा नेपाली समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
‘विविधता हाम्रो शक्ति हो, र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो,’ उनले भने ।
नेपाल फेस्टिभलमा प्रधानमन्त्री अल्बानिजको नेपाली पहिरनले पनि विशेष ध्यान खिचेको छ ।

प्रतिक्रिया