सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस यस वर्ष डिजिटल युगमा सूचनाको विश्वसनीयता कायम राख्ने र गलत तथा भ्रामक सूचनाको सामना गर्ने विषयमा केन्द्रित छ। यस वर्षको नारा ‘डिजिटल युगमा सूचनाको विश्वसनीयता कायम राख्ने : सूचना विकृतिको सामना गर्न…