सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्करपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ । रामधुनी नगरपालिका शिवचोकबाट पश्चिमदेखि पूर्व तर्फ जाँदै गरेको प्रदेश १०२००४ ख ४३१५ नम्बरको सिटी सफारीलाई पूर्व तर्फ जाँदै गरेको युपी १६ इके १९८९ नम्बरको भारतीय स्करपियोले सिटीलाई मङ्गलबार ठक्कर दिँदा सफारी चालक रामधुनी नगरपालिका–९ निवासी ३६ वर्षीया सोनियाकुमारी चौधरीको…