नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । पहिलो दिनको बैठकमा आइतबार अध्यक्षको प्रतिवेदनमाथि २७ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यस पटकको बैठकमा सम्पुर्ण केन्द्रीय सदस्यहरूलाई बोल्नका लागिसमय उपलब्ध गराइने व्यवस्था छ ।…