थाङ्का बनाएरै जिविकोपार्जन

विगत २० वर्षदेखि थाङ्का बनाउने पेशलाई अँगालेका सुनसरीका राजकुमार विष्ट अहिले बार्षिक १५ लाखसम्मको आम्दानी गर्न थालेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका विष्टले बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर वार्षिक १५ लाख आर्जन गर्दै आएका हुन् । उनका अनुसार बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकला थाङ्का हो । यो नेवार जातिको परम्परागत…