दशैंपछि खुलेको सेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१.४८ अंक (१.१७ प्रतिशत) बढेसँगै २६९९ मा कायम भएको छ । कारोबार रकम भने घटेको छ । दशैं विदाअघिको दिन ३ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६ करोडमा सीमित भयो । उत्पादनबाहेक सबै क्षेत्रका सूचक बढेका छन्…