भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको विशेष उपहार दिएका छन्।
सोमबार नयाँदिल्लीमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई कलात्मक काठको बट्टाभित्र राखिएको उपहार सेट प्रदान गरेका हुन्।
उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मोदीलाई दिइएको उक्त उपहार व्यक्तिगत रूपमा प्रधानमन्त्री शाहले प्रदान गरेका हुन्।
भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए। मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन्।
त्यस्तै, भारतस्थित नेपाली दूतावासका तर्फबाट पनि प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया