कुलमानले भने, ‘कुनै पार्टीसँग एकताको सम्भावना छैन’


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कुनै पनि राजनीतिक दलसँग एकताको सम्भावना नरहेको बताएका छन्।

निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकताबारे कुनै संवाद वा भेटघाट नभएको स्पष्ट पारे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग विगतमा भएको १२ दिनको एकताले ठूलो क्षति पुगेको उल्लेख गर्दै घिसिङले एकताका लागि धेरै कुरा मिल्नुपर्ने बताए।

उनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले सबैभन्दा धेरै मत ल्याउने दाबी गर्दै निर्वाचन निर्धारित समयमै हुनुपर्ने माग गरे।