आज पोखरा र सुदूरपश्चिम भिड्दै
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ । आज प्रतियोगितामा एकमात्र खेल हुने तालिका छ ।
पोखरा एभेन्जर्सले यस सिजनको पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम रोयल्स दोस्रो खेलका लागि मैदान उत्रिनेछ ।
सुदूरपश्चिमले उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो । आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ भने पोखरा सुखद सुरुवातको लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया