एनडीटीभी वर्ल्ड समिटमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्ले


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा जारी ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी हुन उनी बिहीबार नयाँदिल्ली पुगेका हुन् ।

नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित सम्मेलनको विशेष सत्रमा वाग्ले अतिथि वक्ताका रूपमा सहभागी हुँदैछन् । ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ शीर्षकको उक्त सत्रमा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा सम्बोधन गरेको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए । बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबीच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको थियो ।

त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको सम्मेलनको विशेष सत्रमा पनि वाग्ले सहभागी भएका थिए । उक्त सत्रमा बदलिँदो विश्व व्यवस्थाका विषयमा उनीहरूबीच प्रश्नोत्तरसमेत भएको थियो ।