‘सग्लो सगरमाथा’


हिउँले ढाकिएर सेताम्मे हुने हिमाल अब बिस्तारै काला हुन थालेका छन् । यो भन्ने सम्पूर्ण मानव जातिको भविष्यका लागि अँध्यारो सङ्केत पनि हो । विश्वलाई हामीले यही बुझाउन जरुरी छ । ‘सगरमाथा संवाद’ जलवायु परिवर्तन र त्यसको असरलाई नेपालले कसरी भोगिरहेको छ अनि मानव जातिको भविष्य कसरी अँध्यारो हुँदै छ भनेर देखाउन खोजिएको एउटा ऐना पनि हो ।

‘जसरी विकासको नाममा शक्ति राष्ट्रले कार्बन उत्पादन गरिरहेका छन्, त्यसले नेपालका हिमाल कसरी पग्लिरहेका छन् भन्ने मेरा आँखाअघिका यी काला हिमालहरू साक्षी छन्’ दुई वर्षअघि सर्वोच्च शिखर सगरमाथाको फेदीमा उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेर्रेसले विश्वका नेतालाई भन्नुभएको थियो, “अब यो पागलपन बन्द गरौँ…।”

पश्चिम अफनास्तानदेखि उत्तरपश्चिम पाकिस्तान अनि सुदूरदक्षिणको ताजकिस्तानसम्म लगभग ३५ हजार किलोमिटरसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रलाई चिनाउने एउटा ‘अग्लो’ परिचय हो, सगरमाथा । नेपाली भूमिको यो सेतो अटल स्तम्भ भनेको एसियाली महाद्वीपको ‘वाटर टावर’ पनि हो । जसका पाखा कन्दरामा अनेकौँ त्यस्ता हिमालय शृङ्खला छन् । यी तिनै हिमाल हुन्, जसले यहाँका करिब दुई अर्ब मान्छे अनि करोडौँ प्राणीको प्यास मेटाइरहेका छन् ।

जलवायु परिवर्तनका असरसँगै ‘अग्लो’ परिचयमाथि मडारिन थालेका धुमिल बादलहरूका बिच नेपालले ‘सगरमाथा संवाद’ सुरु गरेको छ । जलवायु परिवर्तनको असरले बिस्तारै सङ्कटको सँघारमा लत्रिँदै गरेको विश्व अनि यो ब्रह्माण्डका आधाभन्दा धेरै मान्छेको जीवन गाँसिएको यो सिङ्गो सगरमाथा मात्रै संसारले चिन्ने एउटा ‘माउन्ट एभरेस्ट’ होइन, अहिलेको सन्दर्भमा यो अर्बौं÷खर्बौं प्राणी जगत्को एउटा प्राण स्तम्भ पनि हो । नेपालले सुरु गरेको ‘सगरमाथा संवाद’ त्यसैको प्राण रक्षा गर्ने एउटा प्रस्थान विन्दु पनि जसमा हामीले बिस्तारै सारा विश्वका पाइला डो¥याउन सक्छौँ ।

कसैले हिर्काएको हतियार सबैभन्दा पहिला कुनै अग्लो ठाउँमै लाग्छ । त्यस्तै अहिले विश्व शक्तिले उत्पन्न गरिरहेको कार्बनको सिधा प्रहार पनि यही अग्लो हिमालले खेपिरहेका छन् । जसको प्रतिफल हिमालका हिउँ बिस्तारै रित्तिइरहेका छन् । हिउँले ढाकिएर सेताम्य हुने हिमाल अब बिस्तारै काला हुन थालेका छन् । यो भन्ने सम्पूर्ण मानवजातिको भविष्यका लागि अँध्यारो सङ्केत पनि हो । विश्वलाई हामीले यही बुझाउन जरुरी छ । ‘सगरमाथा संवाद’ जलवायु परिवर्तन र त्यसको असरलाई नेपालले कसरी भोगिरहेको छ अनि मानवजातिको भविष्य कसरी अँध्यारो हुँदै छ भनेर देखाउन खोजिएको एउटा ऐना पनि हो ।

अन्टार्कटिका महाद्वीपपछि पृथ्वीमा पानीको सबैभन्दा ठुलो भण्डार यही हिन्दकुश क्षेत्र नै हो । जहाँ कैयौँ ठुला जलप्रणालीका नदी बेसिनह