२९ भावी माउन्टेन गाइड ६ हजार माथिकाे पिकमा (फोटो सहित)

प्रोफेसनल माउन्टेन गाइड तालिमअन्तर्गत दोस्रो समर स्किल कोर्समा सहभागी २९ प्रशिक्षार्थीले ६ हजार ३५५ मिटर अग्लो 'डाँगा पिक' सफलतापूर्वक आरोहण गरेका छन् । नेपाल पर्वतारोहण संघ (NMA) र सस्टेनेबल टुरिजम प्रोजेक्ट (STP) को संयुक्त आयोजनामा सञ्चालित तालिमका क्रममा प्रशिक्षार्थीहरूले हिमाली क्षेत्रमा आवश्यक व्यावहारिक तथा प्राविधिक प्रशिक्षण पूरा गर्दै पिककाे सफल आरोहण गरेका हुन् । तालिममा…