हिजो घटेको सुनको भाउ आज सामान्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । अस्ति बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८…