लामिछानेलाई आईतबार अदालतमा उपस्थित गराईने

साझा प्रेस
50
Shares

कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपश्चात गयराती पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्याईएको छ ।

रास्वपा पार्टी कार्यालय, वनस्थलीबाट सिआईबिको टोलीले पक्राउ गरी हिजो नै सभापति एवं पुर्व गृहमन्त्री लामिछानेलाई पोखरा लगिएको हो । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा उनी माथि छ ।

लामिछानेलेलाई आज शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।