राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, एक विधेयक प्रमाणीकरण


राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् भने एउटा विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

त्यसैगरी, संघीय संसदबाट पारित भई आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विधेयक पनि राष्ट्रपतिले प्रमाणीकरण गरेका छन्।