कांग्रेस सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित


नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। उनले ३ हजार ३४७ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्।

आलमका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत प्राप्त गरे भने अतहर कमाल मुसलमानले ५५७ मत पाए। फिरदोश पूर्वमन्त्री अफताब आलमका छोरा हुन्।

यसैगरी, केन्द्रीय सदस्य (मुस्लिम) तर्फ डा. अताबुल मंसुरी ३ हजार ३१७, मो. इर्शाद अन्सारी १ हजार ८६३ र अब्दुल रज्जाक गद्दी १ हजार ७११ मतसहित निर्वाचित भएका छन्।

मुस्लिम महिला केन्द्रीय सदस्यतर्फ जमिला खातुन २ हजार ८३५ र सनम वेगम २ हजार ११६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।