काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ।
उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार रानीपोखरीमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुषको शव भेटिएको हो।
मृतकको पहिचान खुल्न नसकेको थपलियाले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया