कांग्रेसको १५औँ महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना हुँदै


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना आज दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ।

निर्वाचन समितिका अनुसार पार्टीको केन्द्रीय कार्यालय सानेपामा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना सुरु गर्न लागिएको हो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज दिउँसो ३ बजेदेखि मतगणना सुरु गरिने जानकारी दिएका छन्।

निर्वाचन समितिले केन्द्रीय सदस्य पदका उम्मेदवारलाई मतगणनास्थलमा आफैँ उपस्थित हुन पाउने व्यवस्था गरेको छ। तर, उम्मेदवारले आफ्नो प्रतिनिधि राख्न भने नपाउने समितिले जनाएको छ।