नेपाली कांग्रेसको सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवारी दिएका लामाले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
लामाले ३ हजार २४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाए। त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
आदिवासी जनजाति क्लस्टरको महिलातर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा आठ जना निर्वाचित भएका छन्। खुलातर्फ भने १२ पदका लागि ४१ जना उम्मेदवार मैदानमा थिए।
महिलातर्फ गीता गुरुङले २ हजार ८५९, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बुले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
त्यसैगरी, पुरुषतर्फ तीर्थ लामाले सर्वाधिक ४ हजार ४२५ मत प्राप्त गरेका छन्। ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया