कांग्रेसको सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको जारी मतगणनामा रामहरि खतिवडाले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार खतिवडाले २८९ मत प्राप्त गरेका छन् । त्यस्तै, डिल्लीराज सुवेदीले १८७ मत र अजयबाबु शिवाकोटीले १७३ मत प्राप्त गरेका छन् ।

यसैगरी, देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७६, अमृतकुमार अर्यालले ३३ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन् ।

सहमहामन्त्री (खुला) पदका लागि नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ ।

पछिल्लो मतपरिणामअनुसार खतिवडा पहिलो र सुवेदी दोस्रो स्थानमा छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।