छैटौं नेचासल्यान गोल्डकप कार्तिकमा


‘छैटौं नेचासल्यान गोल्डकप २०८३’ आयोजना हुने भएको छ। फुटबल प्रेमीहरूका लागि प्रतिक्षित यस प्रतियोगिता आगामी कात्तिक १४ देखि १९ गतेसम्म नाम्लोमा अवस्थित लाहुरे चौर खेलमैदानमा सञ्चालन हुनेछ।

स्खेथानीय स्तरमा खेलकुदलाई प्रोत्साहन गर्न वडा स्तरीय खेलकुद विकास समिति, नेचासल्यान ५, सोलुखुम्बुको आयोजनामा हुन लागेको प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। गोल्डकपको विजेता टोलीले प्रथम पुरस्कार स्वरूप रु. १,५५,००० नगद राशीका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, द्वितीय पुरस्कार स्वरूप उपविजेता टोलीलाई रु. ८५,००० नगद राशी, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसका साथै, अन्य दुईवटा टोलीलाई सान्त्वना पुरस्कार स्वरूप जनही रु. ३५,००० र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजक समितिले सम्पूर्ण इच्छुक स्थानीय टोलीहरूलाई यस छ दिने फुटबल उत्सवमा सहभागी हुन आह्वान गरेको छ।

यस फुटबल प्रतियोगिताको मुख्य प्रायोजकमा नेचासल्यान गाउँपालिका, सोलुखुम्बु र नेचासल्यान वडा ५, सोलुखुम्बु रहेका छन्।