कांग्रेस महाधिवेशनमा दोलखाबाट राजन अधिकारीको उम्मेदवारी


नेपाली कांग्रेस दोलखाका युवा नेता राजन अधिकारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

पार्टी संगठनमा युवाको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिकालाई प्राथमिकता दिँदै आएका अधिकारीले खस आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेको अधिकारीले बताए ।

नेपाली कांग्रेस दोलखाको १५औँ महाधिवेशनको तयारीसँगै विभिन्न पद तथा क्लस्टरमा आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। सोही क्रममा युवा नेता अधिकारीको खस आर्यतर्फको उम्मेदवारी पनि सार्वजनिक भएको हो।

अधिकारीले पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता बढाउँदै संगठनलाई थप प्रभावकारी बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन्।

कांग्रेस दोलखामा महाधिवेशन प्रतिनिधि तथा विभिन्न पदका लागि आकांक्षीहरूबीच आन्तरिक तयारी र छलफलसमेत तीव्र हुँदै गएको छ।