अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि यातायात ठप्प भएको हो।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सम्पूर्ण सवारीसाधनलाई धुलिखेल चोकमै रोकिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीका अनुसार बाढीपहिरोका कारण राजमार्गमा सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि धुलिखेलमै होल्ड गरिएको हो।

निरन्तरको वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा पहिरो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि पूर्वतर्फ जाने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।


प्रतिक्रिया