सगरमाथा क्षेत्र भ्रमणका लागि नेपाल आएका पर्यटकहरुलाई नेपाली सेनाले सहयोग गर्ने भएको छ ।
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संयोजन तथा रक्षा मन्त्रालयको समन्वयमा रामेछापको मन्थली तथा काठ्माण्डौमा अलपत्र परेका पर्यटकहरुलाई नेपाली सेनाको जहाज मार्फत सशुल्क काठ्माण्डौ तथा मन्थलीबाट लुक्ला बिमानस्थल तथा लुक्लाबाट मन्थली तथा काठट्माण्डौ ल्याउने प्रावधान गरिएको छ ।
टानले आज आफ्ना मातहतका ट्रेकिङ्ग एजेन्सीहरुलाई पत्र पठाउँदै नेपाली सेनासँगको समन्वयमा पर्यटकलाई उडानको व्यवस्थापन गरिने भएकाले पर्यटकहरुको ब्यक्तिगत विवरण सहित सुचना उपलब्ध गराउन आग्रह गरेको छ ।
पत्रमा टानले ‘First Come First Service’ को सिद्धान्तलाई बमोजिम प्राप्त जानकारीका आधारमा पर्यटकहरुलाई प्राथमिकताका उडानको व्यवस्थापन गरिने उल्लेख गरेको छ ।
केही दिनअघि खुम्बु क्षेत्र एक कार्यक्रममा सहभागि भएर फर्किएपछि रक्षा मन्त्री मानबीर राईले पनि यस बिषयमा चासो लिँदै टानसँग छलफल गरेका थिए । मन्त्री राईले तत्काललाई मौषमको अवस्थालाई मध्यनजर गरी नेपाली सेनाको जहाज प्रयोग गर्न सकिने सुझाएका मन्त्रीको निजि सचिवलायले जनाएको छ ।
गत असोज ११ र १२ गतेको भारी बर्षापछि आएको बाढी पहिरोले बिपि राजमार्ग पुर्ण रुपमा ठप्प भएपछि पर्यटकहरु बैकल्पिक मार्ग हुँदै रामेछाप तथा सोलुखुम्बु पुगेर सगरमाथा क्षेत्र जाने क्रम शुरु भएको छ ।
तथापि मौषममा अझै सुधार नआएपछि सडक मार्ग तथा हवाई मार्ग हुँदै खुम्बु क्षेत्र पुग्ने हजारौं पर्यटक अलपत्र पर्न थालेपछि टानले आफ्नो पहलकदमी थालेको महासचिव सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।
प्रतिक्रिया