संवादसेतु

केपी ओलीजस्तो राष्ट्रवादी नेता नेपालमा अर्को छैनः बुद्धिकुमार राजभण्डारी (अन्तरवार्ता)


नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीले केपी शर्मा ओलीजस्तो असल र राष्ट्रवादी नेता देशमा अर्को नभएको बताएका छन् । साझाप्रेसको कार्यक्रम संवादसेतुमा बहस गर्दै नेता राजभण्डारीले यस्तो बताएका हुन् ।

सत्ता सञ्चालनका क्रममा केही कमजोरी भएका बेला जेन्जीपुस्ताको आन्दोलनले सत्ताबाट बाहिरीनु परेपनि समग्रमा राष्ट्रहितका सवालमा ओलीनै नेपालका राष्ट्रवादी नेता भएको बताए । प्रधानमन्त्री र गृहमन्त्रीको आदेशमा प्रहरीले आन्दोलनका क्रममा गोली नचलाउने भएकाले जेन्जीको आन्दोलनको सम्पूर्ण जिम्मा ओलीले लिनुनपर्ने र हत्यारा करार गर्न नहुने बताए । बालेन सरकार गठन भएपछि पनि प्रहरीको गोली लागेर मानिसको मृत्युभएको दृष्टान्त दर्शाउँदै कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री समेत रहेका राजभण्डारीले प्रधानमन्त्रीको आदेशमा प्रहरीले गोली नहान्ने भएकाले प्रधानमन्त्रीलाई हत्यारा करार गर्न नमिल्ने बताए ।

राश्वपाले जनताको मत जितेर सरकार बनाएपनि सत्तामा पुगेपनि वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पुरागर्नुपर्ने सरकारको दायित्व रहेका विषयमा समेत कर लगाउने जस्ता विषय जनताले स्विकार्न नसक्ने उनको भनाई छ ।

यद्यपी स्थिर सरकार नेपालमा आवश्यक भएकाले राश्वपाले जनमतको कदर गरेर मुलुक निर्माणको नेतृत्व गर्नुपर्ने बताए ।

राश्वपा जनताप्रति उत्तरदायी नबनेको परिस्थितीलाई पुराना दलहरुले अवसरमा रुपमा लिएर केही कार्यशैली सुधारे आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा पुरानै दलले बहुमत ल्याउने उनको दावी छ ।

हेर्नुहोस् यो अन्तरवार्ताः