बालेन र कुलमानबिच भेटवार्ता, के हुँदैछ कुरा ?


प्रधानमन्त्री बालेन्द्र शाह बालेन र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबिच भेटवार्ता भएको छ।

बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो ।

हाल जारी वार्तामा गत साता रसुवाको भोटेकोसी बाढीले गरेको क्षति तथा उद्धारको विषयमा उनीहरूबिच छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कुलमानले केही दिनअघि मात्रै बाढीग्रस्त क्षेत्रमा पुगेर जलविद्युत् आयोजनाहरूमा फसेका मानिसहरूको उद्धार कार्यको जानकारी लिएका थिए ।

निर्माण सकिएका र निर्माणाधिन एक दर्जन जति विद्युत् आयोजनामा ठूलो क्षति पुगेकाले प्रधानमन्त्री शाहले घिसिङसँग छलफल गरेका हुन् ।

९ दिन बितिसक्दासमेत सुरुङमा फसेका मानिसहरूकाे उद्धारमा प्रगति हुन सकेको छैन ।