चीनमा ड्याम फुट्यो, भोटेकोशीमा लेदोसहित पानीको बहाव बढ्यो


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित बाढी आएको छ । चिनको तिब्बती क्षेत्रमा ताल फुटेपछि भोटेकोशीमा लेदोसहितको पानीको बहाव बढेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका सर्वसाधारण तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान सरकारले आग्रह गरिएको छ ।