सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो। अदालतले उनलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। श्रेष्ठलाई प्रहरीले केही दिनअघि ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो। पक्राउपछि उनीमाथि अनुसन्धान अघि बढाइएको थियो। प्रहरीले पक्राउको कारण तथा उनीमाथि लागेको आरोपका विषयमा अनुसन्धान भइरहेको जनाएको थियो।पक्राउपछि उनकी पत्नी सरस्वती श्रेष्ठले गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले निरन्तर थुनामा राख्नुपर्ने अवस्था नरहेको ठहरसहित उनलाई रिहा गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
आदेश न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासबाट जारी भएको हो।

प्रतिक्रिया