सरकारबाट बाहिरियो कोशीमा कांग्रेस


विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका हुन्।

एमाले र नेकपाबीच तीनबुँदे सहमति भएपछि प्रदेश सरकारको गठबन्धन फेरिएसँगै कांग्रेस सरकारबाट बाहिरिएको हो।


यसअघि कोशी प्रदेश सरकारमा एमालेले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, खानेपानी तथा सिँचाइ र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको थियो।


त्यस्तै, कांग्रेसले भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन तथा वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्दै आएको थियो।


कांग्रेस सरकारबाट बाहिरिएसँगै एमाले–नेकपा गठबन्धनअनुसार प्रदेश सरकार पुनर्गठनको बाटो खुलेको छ।