माउन्टेन गाइडको दोस्रो समर स्किल तालिम स्थगित


नेपाल पर्वतारोहण संघ (एनएमए) ले आयोजना गर्न लागेको व्यावसायिक माउन्टेन गाइडका लागि ‘दोस्रो समर स्किल तालिम २०२६’ (2nd Summer skill for Professional Mountain Guide Training 2026) अनिश्चितकालका लागि स्थगित भएको छ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त तालिम कार्यक्रम स्थगन गरिएको जानकारी दिएको हो। संघका महासचिव राजेन्द्र बहादुर लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा तालिम स्थगन हुनुको स्पष्ट कारण भने खुलाइएको छैन।