नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ओखलढुंगा जिल्ला इन्चार्जको जिम्मेवारी अम्बिरबाबु गुरुङलाई दिएको छ । एमाले त्यागेर गत फाल्गुन २१ गतेको निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका गुरुङलाई पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।
ओखलढुंगाका समकालीन नेताहरु मध्ये गुरुङ संगठन निर्माण र परिचालनमा अग्रपंक्तिमा रहने नेता हुन् ।
नेकपाले रामकुमार कार्कीलाई जिल्ला संयोजक र मेखबहादुर खड्कालाई सह–संयोजक तोकेको छ ।

पार्टीले नयाँ जिम्मेवारीअनुसार जिल्लामा संगठन सुदृढीकरण, जनपरिचालन तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया