हिबुल्लाहको आक्रमणमा ईजरायलमा ४ जना सैनिक मारिएका छन् । ड्रोन हमलामा अन्य ६० जना घाईते भएका छन् ।
लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले इजरायलको बिन्यामिना नजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको बिबिसीले जनाएको छ ।
ड्रोन आउनुअघि खतराको संकेत दिने कुनै पनि साइरन नबज्नाले इजरायली सेनाले सुरक्षा मापदण्ड अपनाउने समय नै नपाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।
हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ ।
प्रतिक्रिया