गृहमन्त्री सुधन गुरुङ भेट्न आउने जानकारी पाएपछि मिटरब्याज पीडितहरूले आफ्नो ‘पैदल न्याय मार्च’ अस्थायी रूपमा रोकेका छन्।
पीडितका नेता मनोज पासवानका अनुसार उनीहरू आज बिहान निजगढबाट पैदल मार्च सुरु गरिसकेका थिए। करिब दुई सय मिटर अघि बढेपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दिएपछि उनीहरू पुनः उद्योग वाणिज्य संघको सभाहलमा फर्किएका हुन्।
‘हामी आज बिहान पैदल मार्चमा निस्किसकेका थियौं। करिब दुई सय मिटर अघि बढेपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दिएको छ। त्यसपछि हामी फर्केर फेरि हलमै बसेका छौं,’ पासवानले बताए।
मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै असार २५ गते जनकपुरधामको तिरुतियागाछीबाट ‘पैदल न्याय मार्च’ सुरु गरेका थिए। सोमबार साँझ उनीहरूको टोली बाराको निजगढ पुगेको थियो।
गृहमन्त्रीसँगको सम्भावित भेटवार्तापछि आन्दोलनको आगामी कार्यक्रमबारे निर्णय गरिने जनाइएको छ।

प्रतिक्रिया