बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ सुङ्गरीमा शनिबार यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाइएको छ ।

प्रतिक्रिया