आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विन राउतको निधन


काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा निधन भएको छ।

५० वर्षीय राउतले आइतबार बिहान बुद्धनगरस्थित आफ्नै निवासमा शरीरमा आगो लगाएका थिए । गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो ।

शरीरको करिब ५० प्रतिशत भाग जलेका उनको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।