रास्वपाले महाधिवेशन प्रतिनिधि शुल्क तोक्यो

तीन हजार प्रतिनिधि सहभागी हुने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षकको शुल्क निर्धारण गरेको छ।

पार्टीको निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रतिनिधिका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क तय गरिएको छ। पर्यवेक्षकका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ भने विशेष पर्यवेक्षकका लागि थप दुई हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

रास्वपाले आर्थिक रूपमा विपन्न सदस्यहरूलाई महाधिवेशनमा सहभागी हुन सहज बनाउन सहायता कोष सञ्चालन गर्ने जानकारी पनि दिएको छ।

पार्टीको निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।

रास्वपाले आफ्नो प्रथम महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना गर्ने तयारी गरेको छ। पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै दिनबाट महाधिवेशन सुरु हुने जनाइएको छ।

महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।