संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ संसद्मा पेश गर्ने कार्यक्रम रहेको छ ।
आजको बैठकमा बजेटसम्बन्धी विधेयक, सांस्कृतिक सम्पदा संरक्षण तथा श्रम क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया