नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो ।
१ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले ३४ तथा कुशल मल्लले ३० रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्थानिय टोलीले ४७.४ ओभरमा अल आउट हुदै १ सय ९४ रन बनायो । स्थानिय टोलीका ओपनर मिहार पटेलले ७२ तथा खाएविर खानले २८ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ३, करण केसी र सागर ढकालले समान २ तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
नेपाल विश्वकप लिग टु खेल्न क्यानडाबाटै अमेरिका जानेछ ।
प्रतिक्रिया