अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रका देशहरूको आग्रहमा इरानमाथिको सम्भावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको जनाएका छन्।
कतार, साउदी अरेविया र युनाइटेड अरब इमिरेट्सका नेताहरूको आग्रहपछि सैन्य कदम रोकिएको बताईएको छ। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले अहिले गम्भीर रूपमा कूटनीतिक वार्ता अघि बढिरहेको उल्लेख गरेका छन् ।
यसैबीच इरान का एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई पुनः रणनीतिक गल्ती नगर्न चेतावनी दिएका छन्। गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण सुरु गरेका थिए।
उक्त आक्रमणको जवाफस्वरूप इरानले खाडी क्षेत्रका विभिन्न स्थानमा रहेका अमेरिकी तथा इजरायली सैन्य लक्ष्यतर्फ ड्रोन र मिसाइल प्रहार गरेको जनाएको छ।
यसैबीच पाकिस्तान मार्फत अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता भइरहेको पनि इरानले जनाएको छ। केही दिनअघि मात्र राष्ट्रपति ट्रम्पले इरानका लागि समय सीमित बन्दै गएको चेतावनी दिँदै छिटो निर्णय नगरे गम्भीर परिणाम आउने संकेत गरेका थिए।
हाल क्षेत्रीय तनाव उच्च अवस्थामा रहे पनि कूटनीतिक प्रयासहरू तीव्र भइरहेका छन्।

प्रतिक्रिया