बिपि राजमार्ग भोलिबाट खुल्ने : प्रधानमन्त्री

साझा प्रेस
2.2k
Shares

बाढी पहिरोका कारण अबरुद्ध बनेको बीपी राजमार्ग भोलिबाट संचालनमा ल्याउने गरी काम भईरहेको छ । गत असोज ११ र १२ गतेको अविरल बर्षा पछि आएको बाढी तथा पहिरोले बिपी राजमार्गका बिभिन्न भागमा क्षति पुर्याउँदा सडक पुर्ण रुपमा अबरुद्ध बनेको थियो ।

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक स्टाटस मार्फत भोलि बिहान १० बजेसम्म राजमार्ग संचालनमा ल्याउने गरी कार्य भईरहेको जनाउदै सडक खुलाउन अहोरात्र खट्ने प्राविधिक टोली सहितका सम्पुर्ण टिमलाई धन्यवाद दिएका छन् ।

बाटो अबरुद्ध बनेपछि सडक मर्मतका लागि प्राविधिक टोलिसँगै काभ्रेको रोशी गाउँपालिकामा नै रहेका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँगको कुराकानीका आधारमा बाटो खुलाउने गरी दिनरात काम भईरहेको स्टाटसमा उल्लेख छ ।