रास्वपाको सचिवालय बैठक आज

संगठन विस्तारदेखि अनुशासनसम्मका एजेन्डा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज साँझ बस्ने भएको छ। पार्टी सभापति रवि लामिछाने ले बैठक बोलाएका हुन्।

रास्वपाका अनुसार बैठक साँझ ६ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा पार्टी संगठन विस्तार, भेला तथा अधिवेशनको विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन लगायतका विषयमा छलफल हुने जनाइएको छ।

त्यस्तै, केही जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाहीका विषय तथा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे पनि बैठकमा निर्णय हुन सक्ने बताइएको छ।

पार्टीले संगठनात्मक गतिविधिलाई तीव्रता दिने तयारीस्वरूप सचिवालय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।