सरकारले विदेशस्थित १५ जना अवैतनिक दूत (अनररी कन्सुलर) लाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशमा रहेका १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए।
सरकारले पदमुक्त गरिएका दूतहरूको नाम भने सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयले आवश्यकता, कार्यसम्पादन तथा कूटनीतिक व्यवस्थापनलाई ध्यानमा राख्दै उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको बताइएको छ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले आगामी २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ।
सरकारका पछिल्ला निर्णयहरू प्रशासनिक तथा कूटनीतिक संरचनामा पुनर्संरचना र प्रभावकारिता बढाउने उद्देश्यका साथ गरिएको बताइएको छ।

प्रतिक्रिया